Tuesday, October 22, 2024

प्रहरीमा ३० वर्षे सेवा अवधि सर्वोच्चले नै हटायो तरकहिले सम्म ।

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ
यो विषयको निरुपण छिटो गर्नु पर्ने देखिएकाले अर्को पेसी असोज १० गतेलाई तोकिएको छ ।

भदौ १५ मा अवकाशमा जाने प्रहरी अधिकारीहरु असोज १० गते सम्म कामकाजमै रहनेछन् । बुझिएको छ ।

त्यसअवधिभित्रको जागिर के हुने भन्ने बारेमा सर्वोच्चको आदेशमा उल्लेख छैन ।

सर्बोच्चको यो निर्णयले अर्को सताको शुक्रबार नै अवकाश हुनलागेका नेपाल प्रहरीका
प्रहरी निरीक्षकदेखि
प्रहरी नायब महानिरीक्षकसम्म

८९ जनाएको जागिर त जोगियो,
तर प्रहरी ऐन कहिले भन्ने,प्रस्न् उठेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा विधमान ३० वर्षको सेवा
अवधिका कारण अवकाश हुने लागेको
प्रहरी अधिकारीहरूलाई
रोकिए पछि
उनिहरूको जागिरको
अवधि के कति हो
भन्ने निक्र्योल हुन बाँकी
रहेको छ ।
३० वर्षे सेवाहदविरुद्ध सर्वोच्च अदालत गएका नेपाल प्रहरीका अधिकारीलाई सरकारले सरुवा समेत गर्न नपाउने भएको छ ।

सर्वोच्चले उनीहरूलाई सेवाहदका कारण अवकाश नदिन आदेश दिनुका साथै मुद्दाको टुंगो नलागेसम्म सरुवा समेत नगर्न भनेको छ ।

बुधबार पाँच एसएसपीसहित २१ प्रहरी अधिकृतले सेवाहदबाट अवकाशमा जान लागिएको भन्दै रिट दायर गरेका थिए ।

रिट दायर गर्ने एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रवीन्द्र रेग्मी तथा एसपीहरू कृष्ण प्रसाईं, अवदेश विष्ट, लक्ष्मीराज अधिकारी, प्रेम बस्नेत, राजेन्द्रबाबु रेग्मी र
नरेन्द्र कार्की छन् ।

डिएसपीहरूमा
श्रीराम भण्डारी,
भोजराज पाण्डे,
गोविन्द पन्थी,
दलराम टमटा,
अनिलकुमार उप्रेती,
सुजितकुमार ओझा, र
जयराम वन्त रहेका छन् ।

र इन्स्पेक्टरहरूमा
जगत दमाईं,
नरपति भट्ट र
मेघनाथ चापागाईँ पनि सर्वोच्च पुगेका थिए ।
उनीहरूसहितको टोलीका
सबैजनको जागिर लम्बिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles