Wednesday, October 23, 2024

मोबाइल चोरी गर्ने दुई जना काठमाडौंमा पक्राउ :

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ
पठाओ चालकलाई पैसा तिर्ने बाहनामा मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भुम्लु गाउँपालिका(४ का २२ वर्षीय प्रकाश महत

३२ वर्षीय युवराज महतलाई प्रहरीले पक्राउ
गरेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।

विभिन्न मितिमा काठमाडौँ र भक्तपुरबाट काभ्रेपलाञ्चोकको विभिन्न ठाँउमा जान पठाओ बुक गरी बनेपा बजार तथा विभिन्न स्थानमा आई

पठाओ चालकलाई विश्वासमा पारी खाजा खान लैजाने तथा उक्त खाजा घरको बिल र पठाओ चालकको भाडा क्यूआर मार्फत हालिदिने भन्दै नेट नचलेको बहाना गरी बाहिर गएर क्यु आर गरिदिन्छु भनी पठाओ चालकको मोबाइल समेत लिएर
चोरी गरी फरार रहेको उजुरीका आधारमा
दुई जना पक्राउ परेको
छन् ।

इलाका प्रहरी कार्यालय बनेपाको प्रहरीले हुलियाको आधारमा अनुसन्धान गरी खोजतलास गर्ने क्रममा बनेपा नगरपालिका(८ तिनदोबाटो स्थित पठाओ चालकलाई काठमाडौं जान बार्गेनिङ गरिरहेको अवस्थामा प्रकाश महतलाई फेला पारी प्रकाउ गरिएको छ ।

प्रकाशसँग प्रहरीले सोधपुक्ष गर्दा उनले भने युवराज महत सँगै मिलेर हामीले मोबाइल चोरी गरेको र बेच्दै गरेको हो ।

मोबाइलहरु बेच्ने गरेको भन्ने कुरा खुलाएका छन्

उनलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट पाँच थान मोबाइलसहित पक्राउ गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles