Wednesday, October 23, 2024

भरतपुर महानगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न –

ताजा / भरखरै प्राप्त

पर्सा, ७ भद्रौ
चितवन, भदौ ७ । भरतपुर महानगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८०र०८१ को तेस्रो चौमासिक ९चैत–असार० भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
शुक्रबार भरतपुर–७ स्थित विपी कोईराला मेमोरिय क्यान्सर अस्पताल सभाहलमा भएको सार्वजनिक सुनुवाईका क्रममा वडावासीले महानगरले दिने सेवालाई थप जनमुखी बनाउन सुझाव दिएका छन् ।


महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले ४ महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तेस्रो चौमासिकमा गौतम बुद्ध क्रिकेट रंगशालाको टेण्डर गर्ने, भरतपुर भ्रमण वर्ष २०२४ अभियान, नारायणी तटबन्धन, सिटी हल, खानेपानी, हरियाली सडक, सिक्स लेन सडक, लगायतका गौरवका आयोजनामा भएका प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले सडक, बत्ती, ढल निर्माण, शिक्षा, स्वास्थ्य लगायतका शुसासनका विषयमा महानगर प्रमुख रेनु दाहाललाई प्रश्न गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरमा साझेदार निकाय, संघीय सरकार र प्रदेश सरकारद्वारा सञ्चालित विकास निर्माणका कामहरूमा गुणस्तरलगायत कुनै पनि कुरामा गुनासो नआउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।

नागरिकको प्रश्नको उत्तर दिँदै महानगर प्रमुख दाहालले आर्थिक पार्दशितामा भरतपुर महानगरपालिकाका उत्कृष्ट रहेको बताउनुभयो ।
भरतपुरले फोहर व्यवस्थापनमा सोचे अनुरुप काम गर्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

ल्याण्डफिल साईटको जग्गाको देखिएको समस्या समधान भए निर्माण प्रकृयामा जाने उहाँको भनाई थियो ।

यस तेस्रो चौमासिक प्रगति समीक्षामा नगरबासीको रचनात्मक सुझाव र विकासमा तीब्र चासो रहेको बताउँदै उहाँले यसलाई मनन गरेर अगाडि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासन कायम गर्दै अगाडि बढिरहेको बताउदै उहाँले यसलाई कायम गर्न महानगरवासीको रचनात्मक सुझाव र खबरदारी निरन्तर रहनु पर्ने बताउनुभयो।
कार्यक्रममा चोमासिम प्रगति प्रतिवेदन पेश गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलले आर्थिक वर्ष २०८०र८१ को विनियोजित ६ अर्ब ४२ करोड १३ लाख ३० हजार रहेकोमा रु ४ अर्ब १७ करोड ३७ लाख ७६ हजार खर्च भएको उल्लेख गर्नुभयो ।

यो बजेटको ६४ दशमलव ९९ प्रतिशत हो । जसमध्ये चालुतर्फ ८४ दशमलव ७ प्रतिशत र पुँगिगततर्फ ५० दशमलव ५ प्रतिशत खर्च भएको छ ।
यसैगरी महानगरले आर्थिक वर्ष २०८०र०८१ को लागि रु १ अर्ब ७५ करोड लक्ष्य लिएकोमा रु १ अर्ब ३० करोड ९१ लाख ४८ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ७५ प्रतिशत हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles