पर्सा, १७ भद्रौ

नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई सर्लाही प्रहरीले पक्राउ गरेका छन् ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ सशस्त्र प्रहरी र नेपाल प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ बस्ने २६ वर्षीय सौगात थापा मगर, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बस्ने ४७ वर्षीय विजय लामा, र
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२, मधुबनी गाउँ बस्ने ३२ वर्षीय जनार्धन सिंह,
र रौतहटको चन्द्रपुर नगरपालिका नराई टोल बस्ने ३७ वर्षीय विशाल राई रहेका छन् ।
काठमाडौं ललितपुरमहानगरपालिकावडा नम्बर १ कुपनडोल बस्ने ३३ वर्षीय सन्जय राना मगर,
भक्तपुरको चाङ्गुनारायण नगरपालिका वडा नम्बर
५, बस्ने ३७ वर्षीय अमिर खत्री, रहेका छन् ।
र
भारत सीतामढी जिल्ला बैरगगनिय थान
बैरगनिया ग्राम पन्चायत पानी टङ्की बस्ने ४९ वर्षीय पप्पु भन्ने राजिव ठाकुर, र
भारतकै मेजरगन्ज पन्चायत वडा नम्बर ८ बस्ने ४० वर्षीय सुवोध कुमारलाई पक्राउ गरको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छन् ।
इलाका प्रहरी कार्यालय गहडीया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेका छन् ।