पर्सा, १९ भद्रौ

कञ्चनपुरको भीमदत्त नगरपालिकावडा नम्बर ३ भाँसी आनन्द टोलमा सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेका छन् ।
भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीका लागि कञ्चनपुर भन्सार कार्यालयमा बुझाइएका छन् ।


