पर्सा, १९ भद्रौ

सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको जिल्लाको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।
आज १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो । पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोपित युवकमाथि छ ।
गलत सूचना सम्प्रेषण गरिएपछि,
साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेकोनेपाल प्रहरीले जनाएको छ ।