Tuesday, October 22, 2024

पासपोर्टविनै घुमिरेहका बंगलादेशी नागरिक पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, २९ भद्रौ

पर्सा प्रहरीले वीरगन्जबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा बंगलादेश सिलेट होबिगंज होल्डिङ नम्बर ७ सय ७७ घर भएका २९ वर्षीय महम्मद सहादत हुसेन रहेको छन् ।

उनलाई बुधबार राति करिब सवा १० बजेको समयमा वीरगन्ज महानगरपालिका–१६ स्थित आर्यन होटल एण्ड लजको कोठा नम्बर २०२ बाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटलहरूको चेकजाँच गर्ने क्रममा ती बंगलादेशी नागरिकलाई फेला पारी सोधपुछ गर्दा उनको साथमा पासपोर्ट भिसा लगायत आवश्यक कागजपत्रहरू नरहेका कारण आवश्यक कारबाहीको लागि बिहीबार अध्यागमन कार्यालय वीरगन्ज पर्सामा बुझाइएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles