Sunday, October 19, 2025

६० जना प्रहरीले लिए ट्राफिक नियन्त्रण तालिम :

ताजा / भरखरै प्राप्त

पर्सा, ‌३१ भद्रौ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५२ औं समूह अन्तर्गत उक्त तालिम प्रदान
गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

तालिम गत साउन ६ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २१ जना र प्रहरी जवान ३९ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल
गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles