नेपाल प्रहरीका
दुईजना प्रहरी नायवमहानिरीक्षकको सरुवा भएको छ ।
गृह मन्त्रालयले डीआईजी जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको छ ।
स्रोतका अनुसार भट्टराईलाई कर्णाली प्रदेशमा सरुवा
गरिएको छ, भने ठकुरीलाई अपराध अनुसन्धान विभाग नक्सालमा
पठाइएको छ ।
डीआईजी ठकुरी मदिरा पिएर होहल्ला गरेपछि विवादमा तानिएको
हो ।
मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा डीआईजी ठकुरीलाई हेडक्वाटर तानिएको बताइएको छ ।
उनी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए ।
उनको स्थानमा डीआईजी जनक भट्टराईलाई पठाइएको छ ।