Tuesday, October 22, 2024

झ्याप्ले खोलामा बग्यो इन्टरनेशनल कन्फ्रेन्समा बंगलादेश जाने जुम्ल्याहा दाजुबैनी र आमाको सपना :

ताजा / भरखरै प्राप्त

  • प्रदीप आचार्य
    बुटवलको कालिका मानवज्ञान माविमा कक्षा १० मा अध्ययनरत दिपेश भट्टराई र दिपिका भट्टराई अध्ययनमा तीक्ष्ण थिए । विद्यालयमा हुने हरेक गतिविधिमा क्रियाशील भएर लाग्थे ।

उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए ।
पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो ।
बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने
बताइएको छ ।

अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए ।
यद्यपि, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गर्‍यो ।
विद्यालयले बिदा दिएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका थिए।

शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा काठमाडौं जान उनीहरूले ट्राफिकचोकको काउन्टरमा पुगेर टिकट काटेर
सोही गाडीमा
चढेका थिए ।

तर, उनीहरू सवार माइक्रो (विङ्गर) धादिङको झ्याप्ले खोलामा आएको पहिरोमा पुरियो ।

गाडी पुरिँदा जुम्लीया दाजु-बहिनी दिपेश–दिपिका आमा सिता भट्टराईसँगै पहिरोमा पुरिए । उनीहरूलगायत गाडी चालकसहित १४ जनाले सोही पहिरोमा परी ज्यान गुमाए । पहिरोमा पुरिएकामध्ये दिपेश र सीताको पहिचान भइसकेको छ । दिपीकाको अवस्था पहिचान भइसकेको छैन ।
नागढुंगा प्रहरी प्रभागका अनुसार सबै मृतकहरूको पहिचान खुलीसकेको छैन । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएएको प्रहरीले जानकारी दिएको छ ।
दिपेश-दिपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो ।
तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।
सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ ।
शिलापत्रसँगको कुराकानीमा उनले भने, ‘ठूलो सपना लिएर
हिँडेका थिए ।
हामी पनि निकै
खुसी थियौँ ।
तर, विपत्तिले लग्यो ।
दुःखि छाँ ।
सम्हालिन सकिरहेका
छैनौँ ।’

आइतबार बिहान ४ बजे शव फेला परेको जानकारीअनुसार नेपाल बोलाइएको पाण्डेयले जानकारी दिए ।

अर्काको मुलुकमा रहेका होमनाथलाई आफ्नो सम्पूर्ण परिवार गुमाएर फर्किन निकै गाह्रो भएको पाण्डेयले बताए ।
‘शव शनाखतको लागि काठमाडौं जानुपर्ने ।
न सडकबाट न प्लेनबाट जाने अवस्था छ,’
उनी भन्छन् ।
होमनाथको घर स्याङजाको गल्याङ नगरपालिका
वडा नं ३ हो ।
उनका १५ वर्षीय छोराछोरी दिपेश र दिपिका बुटवलको कालिका माविमा
पढ्दै आएका थिए ।
आमा सीता उनीहरूसँगै बस्थिन् ।

विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए
ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दिपेश र दिपिका रहेको बताउँछन् ।

शिलापत्रसँग कुराकानी गर्दै उनले उनीहरूको प्रगतिको लागि सिफारिससहित बिदा दिइएको बताए ।
विद्यालयका शैक्षिक संयोजक दिपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीको लागि उनीहरू काठमाडौं गएको बताउँछन् ।

‘दिपेश र दिपिकाले ऐक्षिक रूपमा आफैँ अनलाइनमा फर्म भरेर ओलम्पियारमा छनोट भएका थिए । पहिलो चरणमा हामीले पनि सहयोग गरेका थियौँ,’ बञ्जाडे भन्छन्,
‘दोस्रो चरणमा बंगलादेश जानुपर्ने भएकोले विद्यालयबाट हुन सक्ने सहयोग गरेका हौँ ।
उहाँहरूबाट बिद्यायलले ठूलो अपेक्षा गरेको थियो ।’

प्रहरी प्रभाग नागढुंगाका अनुसार उनीहरूसहित बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका बीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको शव
निकालेर
सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी ७ जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड
देखिएको छैन ।

पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो ।
प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु १ ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं
जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए ।

यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट
चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ ।
तीमध्ये, बोम, कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles