काठमाडौंको पाँचतारे होटेल एभरेष्ट र बसेरालाई विभागले तिरायो तीन-तीन लाख जरिवाना ।
पाँचतारे होटेल एभरेष्ट र बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक
राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट
होटेलको अनुगमनका क्रममा किचनमा मिति
गुज्रेका सामान फेला परेको छ ।
होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।
विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ ।
केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफु मातहतका ३ सय भन्दा
धेरै होटेलमा पठाएको थियो परिपत्र ।
सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।