Tuesday, October 22, 2024

सर्लाहीमा ३५ टन अवैध प्याजसहितको ट्रक पक्राउ :

ताजा / भरखरै प्राप्त

भारतबाट ल्याएको ३५ टन अवैध प्याजसहितको ट्रक सर्लाही प्रहरीले नियन्त्रणमा लिएका छन् ।

सर्लाहीको मलंगवा घर भएका चुलाहि साहको तस्करीको प्याज रहेको बुझिएको छ ।
सशस्त्र प्रहरीको घुमुवा र नेपाल प्रहरीको घुमुवा असई. तेज नरायण यादवको सेटिङमा तस्करी भएको प्याजगाडी सहित पक्राउ प्रहरीले गर्‍यो तस्करहरूको भनाई
रहेको छ ।

मलंगवा नगरपालिका ८ स्थित जेएच ०२ बीएम २९८१ नम्बरको १६ चक्के ट्रक सोमबार नियन्त्रणमा लिएको हो ।

प्याजको बिलबिजक र प्रज्ञापनपत्र नरहेकाले उक्त
ट्रक नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रवक्ता
दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार
नियन्त्रणमा लिएको ३५ टन प्याज २८ लाख मूल्य
बराबरको छ ।

ट्रक अन्दाजी ६० लाख बराबर गरी ८८ लाखको सामान रितपूर्वक कारबाहीको लागि
चालकसहित राजश्वर अनुसन्धान कार्यालय
पथलैया बारा पठाएको
डिएसपी श्रेष्ठले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles