Tuesday, October 22, 2024

टी–२० विश्व अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा :

ताजा / भरखरै प्राप्त

नेपालका अलराउण्डर
दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद्
(आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा
उक्लिएका छन् ।

नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने
उनी पहिलो खेलाडी हुन् ।

आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार
स्थान सुधार गर्दै दोस्रो
स्थानमा उक्लिएका
छन् ।

अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् ।

लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३०
छ ।
रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन
हुने गर्दछ ।टी–२० आई अलराउण्डरको तेस्रो
स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस,
चौथो स्थानमा जिम्बावेका
सिकन्दर राजा, पाँचौं
स्थानमा श्रीलंका वानिन्दु
हसरंगा र छैटौं स्थानमा
अफगानिस्तानका
मोहम्मद नाबी छन् ।
भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका
इमाद वासिम र
दक्षिण अफ्रिकाका एडेन माक्ररम नवौं स्थानमा छन् ।

टी–२० अलराउन्डरतर्फ
कुशल मल्ल ६ स्थान
तल झर्दै ४० औं स्थानमा रहेको छन् ।
गुल्सन झाले एकै
पटक ११ स्थान सुधार गरेका छन् ।
गुल्सन, रोहित पौडेल र
इंग्ल्यान्सका साम करन
समान ६८ रेटिङका साथ
५३ औं स्थानमा रहेको छन् ।

त्यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान
सुधार गर्दै ६० औं स्थानमा रहेको छन् ।

करण केसी ७१ औं
स्थानमा यथावत छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles