रामेछाप दोलखा हुँदै वैकल्पिक राजमार्गका रुपमा रहेको पुष्पलाल
मार्ग मन्थली-चरिकोट-काठमाडौं बाइपास सडक खुलाइएपछि रामेछापको
जनजीवन सामान्य भएको छ ।
दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजनास्थलबाट बाइपास सडक खुलेसँगै
दशैँमा घर जान र आउन सहज भएको छ ।
यो सडक खुलेसँगै रामेछाप, ओखलढुङगा, सोलुखुम्बु, सिन्धुलीलगायतका
जिल्ला जाने सवारीसाधन अब दोलखाबाट सिन्धुपाल्चोक
निस्केर
काठमाडौ आवातजावत गर्न थालेका छन् ।
खुर्कोटको पुल बाढीले बगाएपछि अहिले रामेछाप र
तराइ जोड्न मन्थली-सित्खा-खुर्कोट-बर्दीबास सडक सञ्चालन
गरिएको छ ।