
बाराको मटिअर्वामा
सशस्त्र प्रहरीले नै गराउँछ तस्करी,
डीएसपी बिदुर भट्टराईको निर्देशनपछि सिपाही-हवलदार डिउटी खर्च उठाउनमा छन् व्यस्त
चाडपर्व आएसँगै बाराको मटिअर्वा सिमानाकाबाट अवैध रुपमा तस्करी मौलाएका छन् ।
सशस्त्र प्रहरीले रकममा
लिप्त हुनथालेपछी मटिअर्वा नाकाबाट तस्करी
मौलाएको हो ।
नेपाल प्रहरीले चाडपर्व लक्षित सान्ती सुरक्षा योजना
बनाएर जिल्लामा शान्ति
व्यवस्था कायमगर्न लागेको बेला सशस्त्र प्रहरीले
भने पैसा कमाउनमा लिप्त
रहेको स्थानीयले आरोप लगाएका छन् ।
सशस्त्र प्रहरीको प्रस्तावित
सिमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी विदुर भट्टराईको आफैं तस्करहरुसँग उठबस गरेर
लाईन दिएपछि मटिअर्वा
नाका नेपाल र भारतका तस्करहरु रज गज भएका छन् ।
डीएसपी भट्टराई एनी हाउस पैसा कमाउ सोंचले
कामगर्न थालेपछि मटिअर्वाबाट तस्करी व्यापकरूपमा
भएका छन् ।
तस्करी हुने समय
राती ७ बजेदेखि बिहान ८
बजे सम्म हुने गरेको छ ।
२० वटा साइकल,
र २५ वटा मोटरसाइकल प्रयोगगरि तथा अटो साईनगाडीमा तस्करी गर्ने गरेका छन ।
डीएसपी भट्टराईको निर्देशनपछि सिमानाकामा
खटिएका सशस्त्र प्रहरीको
जवान र हवलदारहरुपनी समान नियन्त्रणमा लिनुको
सट्टाो आफनो डीउटी खर्च लिने गरेका छन् ।
डीएसपी भट्टराईको कार्यशैलीबाट केही सिपाहीहरुपनी असन्तुष्ट
भएका छन् ।
अहिले मटिअर्वा
नाकाबाट दैनिक कपडा,
जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस,
मोटरपार्टस, भारतीय
ब्रान्डका सूर्तीजन्य पदार्थ,
रजनीगन्धा, स्पेयर पार्टस,
भाँडाकुँडा, काजु, किसमिस, खानेतेल,
चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा लहसिनु,प्याकेज,
आलुलयतका सामानहरू तस्करी भै रहेको छ ।
चाडपर्बको बेलामा सिमानाकाको मुख्य जिम्मेवारी पाएका
सशस्त्र प्रहरीको संरक्षणमा बाराको मटिअर्वा, छतवा पुरेनिया नाकावाट
व्यापकरुपमा तस्करी भईरहेको छ ।
सशस्त्र प्रहरीले बारा जिल्लाको छेउछाउमा रहेका नाकाहरुमा देखावटीको लागि तस्करीमा कडाई गरि
किराना सामान, घरयासी
प्रयोजनका ल्याउने सामानहरु समेतमा
कडाई गरि जनतालाई
दु:ख मात्रै दिएको छ
भन्ने ।
ग्रामीण भेगका नाका
मटिअर्वा , छतवा, पुरैनिया लगाएतको
नाकाहरुबाटतस्करीको छुट दिई
ठुलो मात्रामा सशस्त्र प्रहरीले तस्करी गराउदै आएका छन।
मटिअर्वा नाकाबाट सेन्टिकेट चलिएको विरेन्द्र नामको तस्करलाई लाईन दिएको बुझिएको छ ।
सशस्त्र प्रहरी बल १२ नम्बर
गणका बाराका प्रमुख
संतोष सिंह र सशस्त्र प्रहरी
बल नेपाल प्रस्तावित
सिमा सुरक्षा गुल्म मटिअर्वा सशस्त्र प्रहरीप्रमुख बिदुर
भट्टराईले निर्देशन विपरीत
तस्करी लाईन दिई माथिल्लो निकायको आदेस धज्जिया उडाउदै
गरेको छन् ।
अहिले मटिअर्वा नाकाबाट लत्ताकपडा , प्याज, आलु, लहसिनु, हाडयेवर लगाएतको तस्करी सो नाकाबाट
धेरै दिन देखि चलिरहेको
विभिन्न पत्र पत्रिकामा आएपनि प्रहरीहरूले रोक्न
सकेका छैनन् ।
रोक्न नसक्नुले सशस्त्र प्रहरी माथि प्रशन्न खडा
भएका छन् ।
सशस्त्र प्रहरीको संरक्षणमा
मटिअर्वा नाकाबाट
दिनहुुँ र
रातिको समयमा २० भन्दा बढी मोटरसाइकल र
साइकलमा तस्करीका समान लोड गरि
सो नाकाबाट लत्ताकपडा, रजनिगन्धा, किराना सामानहरु
भारतबाट नेपाल भित्रिने गरेको छ ।
उनीहरुले खास गरेर रातिको समयमा मटिअर्वा
गाउँ हुँदै भारतीय सीमावर्ती सहर आदापुरसम्म ती समानहरु
पुर्याउने गरेका एक स्थानीयले बताएका छन् ।
सशस्त्र प्रहरी इन्चार्ज भट्टराईले काबाड र लत्ताकपडा लगाएतको
तस्करहरु संग लाखौं
रुपैयाको लि सकेको बुझिएको छ ।
डिआईजी र एसपिको नाउमा समेत रकम बुझि
तस्करीको लाईन खुल्ला गरेको कुरो बहिरिएको छ ।
मटिआर्वा नाकाबाट भन्सार छलेर अवैध मालसान भित्रने र बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा
चिम्लिँदा राम्रो आम्दानी हुने गरेको नाम नखोल्ने
सर्तमा एक जना सशस्त्रका
असईले बताएका छन् ।
बाराको छतवा बरैनिया, मटिअर्वा, गोपालगंज,
सिम्रौनगढ नाकाबाट भने
दिउँसो र रातीको समयमा खुलेआम तस्करी भइरहेको
पाइएको छ ।