Tuesday, October 21, 2025

चाडपर्व सुरक्षा योजनादशैं तिहार र छठ पर्वभरि चाडपर्व अवधिमा बिशेषप्रहरी परिचालन :

ताजा / भरखरै प्राप्त

पर्सा जिल्ला प्रहरी कार्यालय पर्साले दशैं,
तिहार, र छठ पर्वको बिशेष सुरक्षा योजना
बनाएको छ ।
पर्सा जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु
गरेको छ ।
दसैँ, तिहार र छठ पर्वमा प्रहरीले महानगरपालिकामा
कमान्ड पोस्ट स्थापना
गरेका छन् ।
यात्रुहरूलाई सहजीकरण गर्न पर्सा देखी अन्त ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

योजना अनुसार ठाउठउमा रिजर्भ टोली ‘स्ट्याडबाई’ राखिएको छ ।

अपराधजन्य गतिविधिको सूचना सङ्कलन गर्न सादा पोसाकमा प्रहरी टोली परिचालन गर्ने पर्साप्रहरीको योजना छ ।

लामो दुरीको सवारी साधन चेकजाँचका लागी छुट्टै टिम परिचालन गरिएको छ ।
मापसे चेकजाँच गर्न छुट्टाछुट्टै टोली परिचालन गर्नेगरी योजना लागु गरेका छौँ ।
जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व सुरक्षामा सर्च अपरेशन सञ्चालन गर्न छुट्टाछुट्टै टिम ठाउँमा एम्बुसिङ गर्नेगरी सुरक्षा योजना लागु गरेको छ ।

धर्ना जुलुस हुनसक्ने आकलन गर्ने पर्सा प्रहरीले छुट्टै टिम परिचालन गरेका छन् । योजना अनुसार परिचालित जनशक्तिको कामकारबाही अनुगमन गरिने छ ।
दसैँ–तिहार र छठ पर्व अवधिभर मोटरसाइकलमा ‘क्विक रेस्पोन्सटिम’ परिचालन गर्ने गरिएको छ ।
ट्राफिक प्रहरी र स्थानीय प्रहरीले ठउ ठाउँमा संयुक्त चेकजाँचगर्नेछन् ।
पर्सा जिल्लामा ठउठाउँमा पिकेट ड्युटि
राखिएको छ ।पर्साजिल्लामा हुनसक्ने चोरी र डकैती नियन्त्रणका लागी जिल्लाभरि स्कर्टिङ गर्न प्रहरीको टिम परिचालन गरिएको छ ।जुवातास नियन्त्रण, गर्न धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र आर्थिक कारोबार हुने स्थानको सुरक्षामा आवश्यक फौज परिचालन गरिएको छ ।

यो बिशेष सुरक्षा योजना असोज १५ गतेदेखि कार्तिक २५ गतेसम्म लागु गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles