
चाडपर्व सुरक्षा योजना दशैं, तिहार, र छठ, पर्वभरि चाडपर्व अवधिमा बिशेष
प्रहरी परिचालन
जिल्ला प्रहरी कार्यालय पर्सा ।
पर्सा प्रहरीले दशैं, तिहार, र छठ पर्वको बिशेष सुरक्षा योजना बनाएका छन् ।
नेपाल प्रहरी पर्साका प्रमुख प्रहरी उपरीक्षक एसपी कुमोद ढुगेल ।
पर्सा जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ ।
दसैँ, तिहार र छठ पर्वमा
जिल्ला प्रहरी कार्यालय पर्साले महानगरपालिकामा
कमान्ड पोस्ट स्थापना
गरेको छ ।
यात्रुहरूलाई सहजीकरण गर्न
पर्सा देखी अन्त ठाउँमाजान लामो दुरि यात्रु सहायता कक्ष स्थापना
गरेको छ ।
योजना अनुसार ठाउठउमा
रिजर्भ टोली ‘स्ट्याडबाई’ राखिएको छ ।
अपराधजन्य गतिविधिको सूचना सङ्कलन गर्न सादा पोसाकमा प्रहरी टोली परिचालन गर्ने पर्सा
प्रहरीको योजना छ ।
लामो दुरीको सवारी साधन चेकजाँचका लागी छुट्टै टिम परिचालन गरिएको छ ।
मापसे चेकजाँच गर्न छुट्टाछुट्टै
टोली परिचालन गर्नेगरी योजना लागु गरेका छौँ ।
जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व सुरक्षामा सर्च अपरेशन सञ्चालन गर्न छुट्टाछुट्टै टिम
ठाउँमा एम्बुसिङ गर्नेगरी सुरक्षा योजना लागु गरेको छ ।
धर्ना जुलुस हुनसक्ने आकलन गर्ने पर्सा प्रहरीले छुट्टै टिम परिचालन गरेका छन् ।
योजना अनुसार परिचालित जनशक्तिको कामकारबाही अनुगमन गरिने छ ।
दसैँ–तिहार र छठ पर्व अवधिभर
मोटरसाइकलमा ‘क्विक रेस्पोन्स
टिम’ परिचालन गर्ने
गरिएको छ ।
ट्राफिक प्रहरी र स्थानीय प्रहरीले ठउ ठाउँमा संयुक्त चेकजाँच
गर्नेछन् ।
पर्सा जिल्लामा ठउठाउँमा पिकेट ड्युटी
राखिएको छ ।
पर्साजिल्लामा हुनसक्ने चोरी र डकैती नियन्त्रणका लागी जिल्लाभरि स्कर्टिङ गर्न प्रहरीको टिम परिचालन गरिएको छ ।
जुवातास नियन्त्रण, गर्न धार्मिक
तथा पर्यटकीय स्थलको सुरक्षा र
आर्थिक कारोबार हुने स्थानको
सुरक्षामा आवश्यक फौज
परिचालन गरिएको छ ।
बजार अनुगमनका लागी पर्सा जिल्ला प्रहरी कार्यालयले छुट्टाछुट्टै
टिम बनाएर परिचालन
गरेको छ ।
चाडपर्व सुरक्षाका लागी
नेपाल प्रहरीले मोबाइल
टोली र मोटरसाइकलको टोली
तथा पैदल मार्फत
पेट्रोलिङ गर्दैछन् ।
चाडपर्वमा हुनसक्ने सम्भावित
अपराध नियन्त्रण गर्नका लागि पर्सा प्रहरीले
नेपाल–भारत सीमा नाकामा
बिशेष तालिम प्राप्त प्रहरी र ड्रोन क्यामेराको प्रयोग पनि प्रहरीले योजना बनाएको छ ।
सीमाबाट हुनसक्ने तस्करी नियन्त्रण गर्नका लागि पर्सा प्रहरीले छुट्टै
टिम परिचालन
गरेका छन् ।
यो बिशेष सुरक्षा योजना असोज १५ गतेदेखि कार्तिक २५ गतेसम्म लागु गरिएको छ ।