Tuesday, October 21, 2025

नेपाल प्रहरीका तीन एसएसपीको सरुवा,

ताजा / भरखरै प्राप्त

दिल्ली दूतावासको जिम्मेवारी सन्जीवलाई
नेपाल प्रहरीका तीन जना प्रहरी वरिष्ठ उपरिक्षक
(एसएसपी)हरुको
सरुवा गरिएको छ।गृहमन्त्रीस्तरीय निर्णयबाट
आज तीन एसएसपीहरुको
सरुवा गरिएको हो।
गृह मन्त्रालयले भारतको दिल्लीस्थित नेपाली
दूतावासमा एसएसपी
सन्जीव शर्मा दासलाई
पठाएको छ ।
यसअघि दास प्रदेश
समन्वय विभागमा कार्यरत
थिए।दिल्ली दूतावासमा
रहेका उमाप्रसाद चतुर्वेदीको भने काठमाडौं
उपत्यका ट्राफिक
कार्यालय रामशाह पथमा
सरुवा गरिएको छ ।त्यसैगरी प्रहरी
हेडक्वाटरको कार्य
विभागमा रहेका
एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी
कार्यालय
नेपालगञ्ज
पठाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles