Saturday, October 18, 2025

दशैंमा सुरक्षा सीमानाकामा पर्सा प्रहरीको विशेष निगरानी :

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले पनि चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
गरेको छ ।
नेपाल–भारत सीमा नाकामा पर्ने
पर्ने पर्सामा चाडपर्वको बेला बढ्न सक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न करिब १ महिनासम्म विशेष सुरक्षा योजना लागु
गरिएको हो ।
सहरदेखि ग्रामिण इलाकासम्म ठाउँठाउँमा सुरक्षाकर्मी खटाइएको
छ भने सिमानाकामा पनि कडाई गरिएको छ ।
पर्सा जिल्ला नेपाल–भारत सिमा क्षेत्रमा पर्ने मुख्य नाका हो ।
यो नाकाबाट दैनिक हजारौँको
संख्यामा मालवाहक सवारीसाधनहरु आवतजावत
गर्ने गर्छन् ।
भारतसंगको खुल्ला सीमा भएकै
कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न र शान्ति व्यवस्था कायम राख्न पर्सा
प्रहरीको अग्रणी भूमिका छ ।
त्यसमाथि हिन्दुहरुको महान चाड वडादशैँ सुरु भएसंगै आपराधिक गतिविधि बढ्न सक्ने सम्भावना धेरै
भएको हुँदा शान्ति सुरक्षा कायम गर्न उत्तिकै चुनौतिपूर्ण हुन्छ ।
सोही कुरालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले
चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको हो ।
पर्सा प्रहरीका अनुसार पर्साका १४ वटै स्थानीय तहमा प्रहरीहरु तैनाथ छन् भने सिमा क्षेत्रमा रात्री
गस्ती परिचालन गरिएको छ ।
वडादशैँको बेला २४ घण्टा
मठमन्दिरहरुमा दर्शनार्थीहरुको
अत्याधिक भिड हुने र सिमावर्ति
सहर रक्सौलबाट समेत हजारौको संख्यामा भक्तजनहरु
पूजाआजाका लागि बिरगंजमा
आउने गर्छन ।
त्यसैले चाडपर्वको बेला भक्तजन
तथा दर्शनार्थीहरुको चाप बढ्ने हुँदा चोरी लुटपाट, तथा अभद्र
व्यवहारको घटना हुने भन्दै
बाक्लो संख्यामा सुरक्षाकर्मीहरु
खटाएको पर्सा प्रहरीले
जनाएको छ ।
दशैका बेला खुल्ला सीमाका
कारण हुने चोरी तस्करी पनि प्रहरीका लागि मुख्य
चुनौति हो ।
चाडपर्वको मौका छोपी तस्करी मौलाउन सक्ने भएको हुँदा सिमा क्षेत्रमा थप
कडाई गरिएको नेपाल प्रहरीले जनाएको छ ।
खासगरी लागुपदार्थ र विस्फोटक पदार्थहरुको अवैध ओसारपोसार हुन सक्ने भएकाले प्रहरीले नाकामा कडाईका साथ चेकजाँच गरिरहेको डिएसपी दिपक
भारतीले बताएका छन् ।
उनले ग्रामिण क्षेत्रको छुट्टै
सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि बताउनु भएको छ ।

गाउ–घरँहरुमा मोबाईल र पैदल गस्ती टोली व्यापक रुपमा परिचालन गरिएको भारतीको भनाइ छ ।

२४ घण्टा प्रहरी परिचालन गरिएको हुँदा ढुक्क भइ मर्यादित ढंगले चाडपर्व मनाउन पर्सा प्रहरीले अनुरोध गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles