
पर्साका मुस्लिम मदरसा बरकतुल उलुमामा तीन जना विद्यार्थीहरूले हाफिजे कुरआन बनेका छन् ।
यो विशेष अवसरलाई पर्सा मदरसाले धार्मिक महत्त्वपूर्ण मान्दै आज एक भव्य कार्यक्रमको आयोजना गरेका छन् ।
यो कार्यक्रममा तीनै जना
हाफिज बनेका विद्यार्थीहरूको दस्तारबन्दी
(पगडी बाँध्ने) समारोह आयोजना गरिएको छ ।
दस्तारबन्दी इस्लामिक
परम्पराअनुसार हाफिज
बनेका विद्यार्थीहरूलाई
पगडी बाँधेर सम्मान गरिनेको साथै
मुस्लिम धार्मिक विधि अनुसार पगडी बाँधेर होस्ला बढाएको हो,
जसले उनीहरूको उपलब्धिलाई अझ गौरवमय बनाउँ छन् ।
सो को अवसरमा तीनै
जना विद्यार्थीलाई नगद
पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ।
बिरगंज मदरसा बरकतुल उलुमामा भव्य दस्तारबन्दी समारोहका साथ कार्यक्रम सम्पन्न भएको छ
पर्सा जिल्लाको प्रमुख धार्मिक शिक्षालय मदरसा बरकतुल उलुमामा तीन जना विद्यार्थीले हाफिजे कुरआन बनेका छन् ।
यस ऐतिहासिक धार्मिक
उपलब्धिलाई विशेष महत्त्व दिँदै मदरसाले आज
भव्य कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमको प्रमुख आकर्षण हाफिज बनेका
विद्यार्थीहरूको दस्तारबन्दी
समारोह भएको थियो, जसमा उनीहरूलाई इस्लामिक परम्पराअनुसार
पगडी बाँधेर सम्मान गरिएको छ ।
दस्तारबन्दी इस्लाम धर्ममा
हाफिज बनेका व्यक्तिहरूलाई गरिने विशेष
सम्मान हो, जसले उनीहरूको धार्मिक अध्ययनको सफलतालाई
औपचारिक रूपमा स्वीकार गर्नेछन् ।
सो अवसरमा तीनै जना विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र पनि प्रदान गरियो । कार्यक्रमले मदरसा, विद्यार्थी र अभिभावकहरूबीच निकै
हर्षोल्लासको माहोल सिर्जना गरेको थियो ।
मदरसा बरकतुल उलुमाले
धार्मिक शिक्षा र पवित्र कुरआनको अध्ययनमा
निरन्तर योगदान गर्दै आइरहेको छ, र यो
अवसरले बिरगंजका
मदरसाको प्रतिष्ठालाई अझ सशक्त बनाएको बिश्वास गरिएको छ ।