Tuesday, October 22, 2024

पर्साका गाउँ पालिका अध्यक्षका बुवा अफिमसहित पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले कालिकामाइ गाउँपालिका अध्यक्षका बुवालाई लागु औषध अफिमसहित पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष वशिष्ठ कुमार गुप्ताका बुवा सुरेश कलवार शनिबार बिहान वीरगन्जबाट लागु औषध अफिमसहित पक्राउ परेका हुन् ।
विशेष सूचना अनुसार उनलाई लागु औषध अफिमसहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगन्जको आदर्शनगरबाट कलवारलाई करिब ४ ग्राम अफिमसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । अफिमसहित पक्राउ परेका कलवारमाथि प्रहरीले अनुसन्धान गरिरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए । उनले भने, ‘हामी कहाँ सूचना आयो, त्यसपछि हाम्रो टोलीले त्यही सूचना बमोजिम उनलाई नियन्त्रणमा लियो । उक्त अफिम कलवारले बोकेका हुन् वा होइनन् त्यो अझै ‘क्लियर’ हुन सकेको छैन । त्यसकारण हामीलाई आएको सूचना र मोटरसाइकलको सिटमुनि राखिएको अफिमबारे धेरै पाटोबाट अनुसन्धान गरिरहेका छौँ ।’
कलवारको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलबाट अफिम बरामद भएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका कलवारलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles