Tuesday, October 22, 2024

बारा जिल्लाबाट खुलेयाम तस्करी :

ताजा / भरखरै प्राप्त

कलैया बारा जिल्लाका
कबही गाेठ मातहत बरियारपुर नाकाबाट खुलेयाम तस्करी भैरहेको छ ।
नेपाल प्रहरीको घुमुवा आनन्द दाश र सशस्त्र प्रहरी घुमुवको मिलोमतोमा ।
यस नाकाबाट तस्करी गर्ने
दिनेश यादव
नाम गरेका काराेवारीलाई तस्करीकाे लाइन दिइएको छ ।

सिमानाकाका मुख्य तस्करी रोक्ने जिम्मेवारी सशस्त्र प्रहरीले नै पाएको हो,
सशस्त्र प्रहरीको संरक्षणमा बाराको मटिअर्वा, छतवा पुरेनिया, गोलागंजा, पिपरपाति, कवहि गोठ, बरियारपुर हुदै यो नाकावाट
व्यापकरुपमा तस्करी भईरहेको छ ।

बारा सशस्त्र प्रहरीले देखावटीको लागि तस्करीमा कडाई गरि
किराना सामान, घरयासी
प्रयोजनका ल्याउने सामानहरु समेतमा
कडाई गरि जनतालाई
दु:ख मात्रै दिएको स्थानीयहरूको भनाई छ ।

ग्रामीण भेगका नाका
मटिअर्वा , छतवा, पुरैनिया लगाएतको नाकाहरुबाट तस्करीको छुट
दिएको छन् ।
मटिअर्वा नाकाबाट सेन्टिकेट चलाएको विरेन्द्र नामको तस्करलाई लाईन दिएको बुझिएको छ ।

अहिले मटिअर्वा नाकाबाट लत्ताकपडा , प्याज, आलु, लहसुन, हाडयेवर लगाएतको तस्करी सो नाकाबाट
धेरै दिन देखि चलिरहेको
विभिन्न पत्र पत्रिकामा आएपनि प्रहरीहरूले रोक्न
सकेका छैनन् ।

सशस्त्र प्रहरीको संरक्षणमा
मटिअर्वा नाकाबाट
दिनहुुँ र रातिको समयमा मोटरसाइकल र
साइकलमा तस्करीका समान सो नाकाबाट लत्ताकपडा, रजनिगन्धा, किराना सामानहरु
भारतबाट नेपाल भित्रिने गरेको छ ।

तस्करहरुले खास गरेर रातिको समयमा मटिअर्वा
गाउँ हुँदै भारतीय सीमावर्ती सहर आदापुरसम्म ती समानहरु
पुर्याउने गरेका एक स्थानीयले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles