Tuesday, October 21, 2025

लागु औषधसहित महाको ठग पक्राउरौतहट ।

ताजा / भरखरै प्राप्त

आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएर
विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेका
छन् ।

पक्राउ पर्नेमा परोहा नगरपालिका २ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् ।
स्थानीय परोहा-२ लालबकैयाका ३५ वर्षीय बैठाले बाटोमा बसी स्थानीय व्यापारीहरूलाई म एसपीको घुमुवा प्रहरी हुँ भनी धाक धम्की दिँदै पैसा असुल्दै छ भने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीको कमान्डमा गएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको हो ।

बैठालाई नियन्त्रणमा चेकजाँच गर्दा उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, cocas DX-१ बोटल, मोबाइल थान १, नगद १७ हजार, ९३५रुपैयाँ र प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles