Tuesday, October 22, 2024

उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन :

ताजा / भरखरै प्राप्त

दु:खद खवर ।
काभ्रे — असोज दोस्रो
सातामा आएको बाढीपहिरोमा परेका
प्रभावितको उद्धार तथा
राहतमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक
४२ वर्षीय दिलबहादुर
बडुवालको निधन भएको
छ ।
सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचारको क्रममा
सोमबार बिहान ८:००
बजेको समयमा उनको निधन भएको सशस्त्र प्रहरी
बल नेपाल नं १५ गणका गणपति प्रहरी उपरीक्षक
प्रेम प्रसाईंले जानकारी दिएका छन् ।
उनका अनुसार विपदका
उद्धार र राहतमा खटिएका बढुवाललाई असोज २६
गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि जिल्लास्थित धुलिखेल
अस्पताल पठाइएको
थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि बडुवाललाई
काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पताल बलम्बुमा
पठाइएको प्रहरी उपरीक्षक प्रसाईंले बताए ।
उनका अनुसार बर्दिया घर
भएका बडुवाल हाल काभ्रेको आइटी पार्कमा
सञ्चालन गरिएको
सशस्त्र प्रहरी अस्थाइ मनसुन तथा प्रकोप व्यस्थापन बेसको कमाण्डरको रुपमा
कार्यरत थिए ।
उनको शव अन्त्येष्टिका
लागि बर्दिया लाने तयारी
भइरहेको उनले जानकारी थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles