Tuesday, October 22, 2024

पर्सा जिल्लाका बिरगंजको मेन नाका मितेरी पुलमा गोली चल्यो :

ताजा / भरखरै प्राप्त

बिरगंज नाकाको मितेरी पुल स्थित भारतीय एस. एस.बि.ले नेपाल तर्फ गोली चलागिएको छन् ।

पर्साको वीरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा मंगलबार दिउँसो भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले
गोली चलाएको हो,
खबर प्राप्त भएको छ ।

नेपाल–भारत सिमामा अवस्थित मितेरी पुलको तल तिरको दक्षिणको बाग पुरानो पुल नजिक
नेपाली भूभागमै प्रवेश गरेर एस.एस.बी.ले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताए कि छन् ।

कबाड संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट लखेद्दै
आएका एस.एस.बी.का एक जवानले गोली चलाएको ती महिलाले बताइन् ।

एस.एस.बी.ले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शीहरूले जोकोहीले महिलालले देखेका छन् ।

भारतीय एस.एस.बी.ले गोली चलाएपछि भने उनिहरु महिला कबाडीहरूले
नेपाल तर्फ भागेको बताइएको छ ।

एस.एस.बी.ले गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।

यसबारेमा जानकारी
लिन पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश
सागर भुसाललाई टेलिफोनमा सम्पर्क गर्दा
उनलले मितेरी पुल क्षेत्रमा
गोली चलेको खबर मात्रै
आँफुले पाएको तर यसको
आधिकारीक पुष्टि हुन
बाँकी रहेको बताएको हो ।

गोली चलेको भनिएको
स्थाानमा नेपाल प्रहरी र
सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक एसपी हरुलाई आँफुले
पठाइसकेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले
भने,‘ दुवै एसपीसाबलाई मैले त्यहाँ
पठाइसकेको छु ।

तर उहाँहरुबाट यसबारेमा
अहिलेसम्म कुनै रिपोर्टिङ न भइसकेको छैन ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख
प्रहरी उपरीक्षक कुमोद ढुंगेल र प्रवक्ता प्रहरी नायब
उपरीक्षक दीपक भारतीलाई फोन गर्दा दुवै जनाले फोन नउठाएका
कारण घटनाको यकिन र
विस्तृत विवरण प्राप्त हुन न सकेको संचारकर्मी
राहुल
गुप्ताले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles