Tuesday, October 22, 2024

मिथिलामा ‘कोजाग्रत पर्व’को तयारी :

ताजा / भरखरै प्राप्त

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ ।
असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको
पूजाआराधना गरिन्छ ।
पूर्णिमा तिथि
आज साँझ सुरु भएपछि
कोजाग्रतका विधि प्रारम्भ
गरिनेछन् ।
असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी
पृथ्वीको विचरणमा आउने
र ‘को जागैछन् ?’
भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् ।
मिथिलामा यो रात जाग्राम बस्ने चलन छ ।
कोजाग्रत पूर्णिमाका दिन
जनकपुरको जानकी
मन्दिरमा विशेष पूजा
गरिन्छ ।
पान, मखानसहित
महालक्ष्मीको
पूजाआराधना गरिन्छ ।
भोलिपल्ट सूर्योदय
भएपछि कोजाग्रत पूजा
समापन गरिन्छ ।कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै
दरिद्र नहुने जनविश्वास
रहेको छ ।
कोजाग्रतका दिन मिथिलामा दूध मखान र
पान पनि खाने चलन छ ।पान, मखान दुवै सौन्दर्य र
सुखको प्रतीक मानिन्छन् ।
यसै परम्पराले कोजाग्रतमा
पान र मखानको विशेष
महत्व छ ।
रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles