Tuesday, October 22, 2024

पुर्व गृहमन्त्री पक्राउ परे रवि लामिछाने,

ताजा / भरखरै प्राप्त

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर ३ का सांसद रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको बनस्थली स्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए।

लामिछानेमाथि संगठित अपराधमा पनि हुनेछ अनुसन्धान
पूर्वगृहमन्त्री तथा रास्वपा
सभापति रवि लामिछानेविरुद्ध सहकारी
ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान
हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित
अपराधमा पनि अनुसन्धान
गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति
लिएको हो ।
उक्त अनुमतिअनुसार कास्की प्रहरीले पूर्वगृहमन्त्री एवं रास्वपा
सभापति लामिछानेलाई
पक्राउ गरी पठाइिदन
पत्र पठाएको छ
नेपाल प्रहरीको केन्द्रीय
अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय र जिल्ला प्रहरी
कार्यालयलाई सम्बोधन
गर्दै ‘मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध’
ब्योहोराको पत्र कास्की
प्रहरीले पठाएको हो ।

लामिछाने पक्राउ गर्नका
लागि कास्की जिल्ला अदालतले शुक्रबारकै
अनुमति दिएको थियो । अदातलको अनुमति लगत्तै
लामिछानेलाई पक्राउ गरी
पठाउन पत्र आएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles