Tuesday, October 22, 2024

शान्तिको नाममा अरबौं कालोधन भित्र्याउने को हुन् यी रिम्पोछे ;

ताजा / भरखरै प्राप्त

कालोधन भित्र्याउनेहरुका लागि नेपाल स्वर्णभूमि बन्दैछ ।
नेपालको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग नाममात्रको भएकाले कालोधन भित्र्याउनेहरुमाथि ठोस कारबाही हुनसकेको छैन । कालोधन भित्र्याउनेहरुले भगवान गौतम बुद्धको नाममा रकम उठाएर नेपालमा भित्र्याउने र विभिन्न ब्यवसायमा लगानी
गर्ने गरेका तथ्यसमेत खुलिरहेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लामो
समयदेखि कार्यरत एउटा
गिरोहले उजुरी परेकाहहरुसँग मोलतोल
गर्दै उजुरी तामेलीमा हाल्ने गरेको छ ।
अन्य देशको नागरिकता लिएर नेपालमा शुद्धीकरण
गरिएको धन भित्र्याउने एक विवादास्पद रिम्पोछेको
उजुरीमाथि सम्पत्ति शुद्धीकरण बिभागले लामो समयपछि बल्ल अनुसन्धान सुरु गरेको बिभागका एक
अधिकारीले बताए ।
ती अधिकारीका अनुसार २०७९ मंसिर ९ गते दर्ता भएको कपनस्थित स्याल्पा गुम्बा तथा तेन्जिङ हिमालय फाउन्डेसनका अध्यक्ष स्याल्पा तेन्जिङ रिम्पोछेको शंकास्पद
लगानीको उजुरीमाथि
छानबिन सुरु भएको छ ।
गम्भीर प्रकृतिको यो उजुरी
दर्ता हुनासाथ त्यतिबेलै अनुसन्धान हुनुपर्ने थियो । तर विभागका तत्कालीन
महानिर्देशक प्रेमप्रसाद भट्टराईले स्याल्पा रिम्पोछेसँग ठूलो आर्थिक
लेनदेन गरी अनुसन्धान नै नगरी उजुरी थन्क्याएर
राखेको आरोप लाग्ने गरेको छ ।
भट्टराईपछिका डीजी पुष्पकुमार शाहीले पनि स्याल्पासँग मोलतोल गरी उजुरी हेरेनन् ।
कमल भट्टराईले उक्त
उजुरी हेर्दाहेर्दै उनी सरुवा भइहाले ।
हाल विभागमा गएका डीजी सुमन दाहालले भने गम्भीर प्रकृतिका यस्ता उजुरीको छानबिन
अगाडि बढाएपछि स्याल्पाले विभिन्न शक्तिकेन्द्रमार्फत् अनुसन्धान रोक्न खोजिरहेको
स्रोत बताउँछ ।

स्याल्पा रिम्पोछेले ताइबान,
हङकङ, बैंकक, सिंगापुरबाट गुम्बा र होटल
बनाउने भनेर अरबौं रकम भित्र्याएको प्रमाणसहितको
उजुरी विभागमा परेको
तीन बर्ष बितिसकेको छ ।
ताईवान, सिंगापुर र बैंकक गरी तीन देशमा स्याल्पाको
WENCHENG CONGZHU नामको
इन्टरनेशनल फाउन्डेसन संचालनमा छ ।
उक्त फाउन्डेसनले लुम्बिनीको नाममा रकम
उठाउने र नेपाल पठाउने
गरेको छ ।
जुन रकमबाट स्याल्पाले
जग्गा, गाडी र होटलको नाममा शुद्धीकरण गरी
अरबपति
भइसकेका छन् ।
नेपालमा गुम्बा र होटल निर्माण गर्नका लागि भनेर स्याल्पा रिम्पोछेले रकम
जम्मा गर्ने र अबैध हुन्डीमार्फत् नेपाल
भित्र्याएर विभिन्न ब्यक्तिको
नाममा जग्गा र गाडी खरिददेखि होटलहरुमा
लगानी गर्दैैआएका छन् ।

स्याल्पा रिम्पोछेले उईटुप
लामा, दोर्जे रिन्जी शेर्पा, थेन्डुप पाल्मु शेर्पा, थेन्दुप
वाङ्दी शेर्पा, जिम्मी दोर्जे
शेर्पा र हिजे पुटिङ तामाङका नाममा घरजग्गा,
सम्पत्तिदेखि महंगा गाडी
खरिद गरी लुकाएको आरोप छ ।
रिम्पोछेले सम्पत्ति शुद्धीकरण गरी बैधानिकताका लागि थेन्डुप
र जिम्मी लगायतका नाममा घरजग्गा र अरु खालका सम्पत्ति लुकाउने
गरेको सम्पत्ति शुद्धीकरण
विभागमा परेको उजुरीमा
उल्लेख छ ।
रिम्पोछेले विदेशबाट अबैध
रुपमा भित्र्याएको
शंकास्पद लगानीबाट काठमाडौंका विभिन्न
ठाउँमा ७० रोपनी भन्दा
बढी घरजग्गा खरिद गरेको
उजुरीमा उल्लेख छ ।
रिम्पोछेले तिब्बतीयन नागरिकलाई नेपालमा
ल्याउने र नेपाली
नागरिकता बनाएर उनीहरुको नाममा घरजग्गा
र सम्पत्ति पास गर्ने तथा
त्यसको लालपूर्जा र अरु सक्कली प्रमाण आफूसँगै
राख्ने गरेको राख्ने गरेको नेपाली नाागरिकता लिएका
एक तिब्बेतियनले नै
नेपालफेसलाई बताएका
छन् ।
स्याल्पा गुम्बा चालू
अवस्थामा रहे पनि होटलका नाममा दर्ता
गरिएको तेन्जिङ एण्ड तेन्जिङ हस्पिटालिटी
नामको होटल संचालनमै
छैन ।
जबकि त्यो होटलको नाममा रिम्पोछेले ३०
रोपनी जग्गा किनेर आफन्तको नाममा
नामसारी गरिसकेका
छन् ।
त्यो होटलमा १ अर्ब ५०
करोड लगानी गरेको दाबी
रिम्पोछेले गरे पनि होटल
नै संचालनमा छैन ।
संचालनमै नभएको होटलमा एक अर्ब ५०
करोड लगानी गरेको देखाएर सम्पत्ति शुद्धीकरण
गरेको छर्लङ्ग भएपछि
प्रारम्भिक चरणमा
रिम्पोछेले विदेशबाट रकम
भित्र्याएका संस्थालाई
पत्राचार गरी छानबिन गर्ने
विभागको तयारी छ ।

सम्पत्ति शुद्धीकरण
अनुसन्धान विभागका ती
अधिकारीले भने–‘ताइबान, हङकङ,
बैंकक, अमेरिका र केही
यूरोपियन देशहरुबाट
रकम हुन्डीमार्फत् नेपालमा
भित्र्याइएको उजुरीमाथि
अहिले प्रारम्भिक छानबिन
सुरु भएको छ । छानबिनका क्रममा
सम्झौतामा एउटा रकम
उल्लेख गरेर त्योे भन्दा
तेब्बर रकम हुन्डीमार्फत्
नेपाल भित्र्याएको
देखिन्छ ।
यसमा समाज कल्याण परिषदका पदाधिकारीहरुसमेत छानबिनमा तानिने अवस्था देखिएको छ ।
बिदेशबाट रकम ल्याइएकाले यसको अनुसन्धानमा समय
लाग्न सक्छ ।’
त्यसो त अमेरिकी नागरिक
रिम्पोछेले अमेरिकाको पासपोर्ट प्रयोग गरी शंकास्पद लगानी भित्र्याएर
नेपालमा ब्यापार ब्यवसाय
गर्नु नै गैरकानुनी मानिन्छ ।
रिम्पोछेले हदबन्दी लाग्ने
भएकाले पनि शंकास्पद लगानीबाट खरिद गरिएका
जग्गाहरु तिब्बती मूलका ब्यक्तिहरुलाई नेपाली
नागरिकता बनाई उनीहरुकै नाममा राखेको
खुलेको छ ।

कपनमा १० रोपनी जग्गा
रिम्पोछेले उईटुप लामाका
नाममा राखेका छन् ।
जुन जग्गा उईटुपबाट फिर्ता
माग्दा उनीहरुले नदिएका
कारण सुरु भएको विवाद अझै टुंगिन सकेको छैन ।
उईटुप लामाले रिम्पोछेले
आफ्नो नाममा कपनको
आनीगुम्बामाथि १० रोपनी
जग्गा खरिद गरेको, ७
रोपनी आफूले फिर्ता
गरेको बताउने
गरेका छन् ।
नेपाली राम्रोसँग बोल्न
समेत नजान्ने उईटुप एक
उदाहरण हुन्, यस्ता धेरै
ब्यक्तिका नाममा स्याल्पाले
विदेशबाट भित्र्याएको कालोधन र त्यसबाट खरिद
गरिएको घरजग्गा
लगायतका सम्पत्ति
लुकाउने गरेकोे स्रोत बताउँछ ।

यसरी गैरकानुनी ढंगबाट
भित्र्याएको कालोधनको केही अंश शान्तिको नाममा
अभियान चलाएर समाजसेवा गरेको देखाउने
गरेका छन् ।

उनले आफू समावजसेवी
रहेको भ्रम छर्न नेपालस्थित विदेशी
कूटनीतिज्ञहरु र नेपालका
प्रतिष्ठित ब्यक्तिहरुसँग
भेटघाट गरेका
तस्वीरसमेत सार्वजनिक
गर्दैआएका छन् ।

समाचारका बिषयमा
स्याल्पा रिम्पोछेसँग प्रतिक्रियाका लिन खोज्दा
सम्पर्क हुन सकेन । साभार।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles