Tuesday, October 22, 2024

बिरगञजबाट भन्सार छलीको ट्रकसहित बदाम बरामद ;

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका
बदाम बरामद गरेको छ ।
प्रहरीले विशेष सूचनाको
आधारमा भन्सार छली
ल्याउँदै गरेको मालवाहक
ट्रकसहित हाडे बदाम
बरामद गरेको छ ।

प्रहरीको विशेष टोलीले वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको मालवाहक ट्रकबाट ६६ लाख २४ हजार ३४ रुपैयाँ बराबरको
हाडे बदाम बरामद गरेको
पर्सा प्रहरी प्रवक्ता दीपक
भारतीले बताएका छन् ।
उनका अनुसार परवानीपुर
चोकबाट प्रहरीले मधेस
प्रदेशको ०३००१ ख
७६७३ नम्बरको ट्रकबाट विल विजक भन्दा बढीको
‘अल्मन्डस’ नियन्त्रणमा लिएको थियो ।
वास्तविक कागजात नभेटिएपछि थप अनुसन्धानको लागि ट्रकसहित हाडे बदाम प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद बदामसहितको ट्रक थप कारबाहीका लागि पथलैया राजश्व कार्यालयमा
पठाइएको पर्सा प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles