Tuesday, October 22, 2024

स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु, ;

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको जनकपुरधाममा स्थानीयले जलाए बस
धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक
बालिकाको स्कुल बसले
किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ
स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल रहेकी छन् ।
धनुषाका प्रहरी प्रवक्ता
डिएसपी बरुण बहादुर
सिंहका अनुसार
बा ३ प ९०६५ नम्बरको
जनज्योती बोर्डिङ स्कुलको
बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको हो ।
उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको
थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताएका छन् ।आक्रोशित स्थानीयले
विद्यार्थीलाई ओराले
बसमा आगजनी गरेका छन् ।
बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles