Friday, October 17, 2025

पर्साको बिरगंज बिर्यानी हाउसमा सडेको मासु फेला ;

ताजा / भरखरै प्राप्त

Oplus_131072

वीरगन्जका जाइका बिर्यानी र ताज बिर्यानी हाउसमा सडेको मासुबाट बिर्यानी बनाएर बेच्ने गरेको भेटिएको छ ।
वीरगन्जको बिर्यानी हाउसका होटलहरुले कुखुराको मासु सडेको
बिक्री गर्दै आएको रहस्य
खुलासा भएको छ ।
बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिर्यानी हाउसहरुमा
छड्के अनुमगन गर्ने क्रममा दुई वटा पसलमा कुखुराको मासु सडको र
म्याद गुज्रिएका मसालाबाट बिर्यानी बनाएर बिक्री गर्ने गरेको
भेटिएका छन् ।

बुधबार खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले ताज बिर्यानी,जाईका बिर्यानी,लजिज बिर्यानी र
शाम मुरादावादी बिर्यानी
हाउसमा छड्के अनुगमन
गरेको थियो ।

अनुगमनका क्रममा जाइका
बिर्यानी र ताज बिर्यानी
हाउसमा कुखुराको सडेको
मासु र म्याद गुज्रिएका मसलाहरु भेटिएपछि
जनही १०÷१० हजार रुपैयँ जरिवाना गर्दै एक
पटकका लागि सचेत
गराइएको खाद्य प्रविधी
तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका खाद्य
अनुसन्धान अधिकृत
सिंहले बताएका छन् ।
अनुगमनका क्रममा
भेटिएको सडेका मासु ,
म्याद गुज्रिएका मसला
लगायतका बस्तुहरु
नष्टपनि गरिएको
उनले बताए ।

यसका साथै नेपाल सरकारको निकायमा
दर्ता नभई सञ्चालनमा रहेका बिर्यानी हाउसहरुलाई तुरुन्तै
दर्ताको लागि प्रकृया
थाल्न निर्देशनपनि दिइएको अनुगमन
टोलीमा सहभागी
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिनुभएको छ।

अनुगमन टोलीमा वीरगन्ज
महानगरपालिकाका वरिष्ठ
खाद्य अनुसन्धान अधिकृत
बिपिन कुमार दास , वीरगन्ज उद्योग बाणिज्य
संघका सचिव मनोज
दास,उपभोक्ता हित
संरक्षण मन्चका अध्यक्ष
अजित भुजेल,जिल्ला
प्रशासन कार्यालय पर्साका
प्रतिनिधीहरू लगायतको पनि
सहभागीता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles