Tuesday, October 21, 2025

गाैरमा अवैध चाँदीसहित एक जना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

रौतहट जिल्ला गौर न.पा. वडा नं. १ स्थित गौर भन्सार कार्यालय सडक खण्डमा खटिएका प्रहरी चेकिङ्गको क्रममा भारतको बैरगनियाबाट गौर
आउदै गरेको BR 30 F 6635 नम्बरको मोटरसाईकल चालकलाई चेकजाँच गर्दा मोटरसाईकलको ट्याङ्की मुनि प्लाष्टिकको पोका भित्र लुकाई छिपाई राखि ल्याएको चाँदीको गहना पाउँजु लगायतका साथै विभिन्न किसिमको गरगहनाहरु सहित भारतिय चन्देश्वर साह पक्राउ परेका छन्
पक्राउ पर्नेमा भारत जिल्ला सितामढी बैरगनिया नगरपरिषद वडा नं. ८ अशोगी बस्ने बर्ष ६२ को चन्देश्वर साह समेतलाई नियन्त्रणमा लिई बरामद गरिएको गरगहनाहरु तौल तथा परिक्षण गराउँदा जम्मा तौल ७१८७ ग्राम (सात हजार एक सय सतासि ग्राम) रहेको र सोको मुल्य रु ७७५०००,सात लाख पचहतर हजार रहेको र मोटरसाइकलको मुल्य रु.५०,०००, हजार पर्ने
चाँदी, मो.सा. र मानिस आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles