
विशेष सूचनाको आधारमा पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ४, अमरपट्टीमा रहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने चारवटा भठ्ठी नष्ट गरिएको छ।
अमर पट्टि प्रहरी चाैकीका सई. रन्जन सिंह, पोखरियाको घुमुवा सिरिलाल र सशस्त्रको प्रहरी प्रमुखकाे मिलोमतोमा कुखुराको चल्ला, कपडा, धान, प्याज, अवैध घरेलु मदिरा उत्पादन र सिल प्याक बियर कस्तुरी लगायतको सामान तस्करी भई राखेको छ,
पटकपटक समाचारमा आएपछि अवैध मदिरा नष्ट गरेको हो ।
इ.प्र.का. पोखरिया को मातहतमा रहेको अमरट्टि तस्करीको नाका बाट इ.प्र.का. का घुमुवा सहायक हवल्दार सिरिलाल मन्डलको सहयोगमा अवैध मदिरा उत्पादन र तस्करी भएको थियो।
तस्करी गर्नेहरूको संदिप, टुना, अमरदेव, पिन्टु, मुना, अवैध घरेलु मदिरा उत्पादन गरेका थिए । र
राजकुमार,ईन्दल, बद्री, रहमान, जीउत, लगायतका तस्करहरूले यो नाकबाट तस्करीको समान दसगजा वारपार गराउने जिम्मेवारी लिएका थिए ।
आज, मिति २०८१/०७/०९/गते – बिहान ४:५५ बजे,जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त भठि नष्ट गरेको हो ।
प्रहरीले नष्ट गर्दै तयार अवस्यतामा रहेको लगभग ५००, लिटर मदिरा र ७५ लिटर कच्चा पदार्थ पोखी नष्ट गरेको प्रहरीले बताएका छन् ।