
१४ किलो चाँदीसहित २ जनालाई बारा प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा
नम्बर ६ का ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ का २७ वर्षीय सुरेश महतो पक्राउ
छन् ।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले जीतपुर
सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा प्रहरीले
चेकजाँच गर्दा उनीहरूको
साथमा १४ किलो चाँदी रएको जिल्ला प्रहरी कार्यालय बाराले
जनाएको छ ।