Thursday, October 16, 2025

नेपाल प्रहरीमा सरगर्मी डीआईजी बढुवाको प्रतिस्पर्धामा व्यापक प्रतिस्पर्धा ;

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीमा रिक्त एआइजी पदमा बढुवा सिफारिससँगै तल्लो तहमा
पनि बढुवाको सरगर्मी बढेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा दरबन्दी भई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत डीआईजी किरण राणा
गत आइतबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएपछि
एउटा डीआइजी पद
रिक्त भएको छ ।

नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) मा रिक्त दरबन्दी संख्या
८ पुग्नेछ ।
हाल ५ दरबन्दी रिक्त रहेकामा कात्तिक १७ गतेसम्म थप ३ दरबन्दी रिक्त हुन लागेका छन् ।
त्यसअघि नै डीआईजी यज्ञविनोद पोखरेल
असोज १४ मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए ।
भदौ १६ मा बागमती प्रदेशका डीआईजी बिष्णुकुमार केसी पनि
५६ वर्षे उमेर हदकै कारण अनिवार्य अवकाशमा गएका थिए ।
त्यसअघि रामदत्त जोशी एआईजीमा बढुवा
भएपछि डीआईजीको एउटा दरबन्दी खाली
नै छ ।
असार २१ मा डीआईजीबाटै पोषराज पोखरेल अवकाशमा गए । उनको ठाउँमा पनि डीआईजीको दरबन्दी खाली नै छ ।
कात्तिक ११ मा प्रहरी शिक्षालय भरतपुरका निर्देशक डीआईजी राजेशनाथ बाँस्तोला
पनि अवकाशमा
जाँदै छन् ।
एआईजी बढुवा सिफारिस भएकी राणा कात्तिक १५ मा ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने छिन् ।
कात्तिक १७ मा अर्का एआईजी रामदत्त जोशी पनि उमेरहद कै कारण
अवकाशमा जाँदैछन् ।
२ एआईजीहरु अवकाशमा गएसँगै उनीहरुको
ठाउँमा २ जना डीआईजी एआईजीमा बढुवा
हुनेभएका छन् ।
कात्तिक १७ गते-
पछि रिक्त हुने दुई एआईजीका लागि एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् ।
२०७९ असार ८ मा बढुवा भएका बुद्धिराज गुरुङ
र दुर्गा सिंह ,
वैशाख ६ मा बढुवा भएकाहरु
कुवेर कडायत,
केदार ढकाल,
भरतबहादुर बोहरा,
रवीन्द्र केसी,
चन्द्रकुवेर खापुङ,
जनक भट्टराई,
लालमणि आचार्य,
अर्जुन चन्द ठकुरी
लगायत एआईजी
बढुवाको प्रतिस्पर्धामा
छन् ।
२ जना एआईजीमा बढुवा भएपछि कात्तिक १७ गते- पछि नेपाल प्रहरीमा ८ डीआईजीको दरबन्दी
रिक्त हुने भएको छ ।

बढुवाका आकांक्षीहंरु शक्तिकेन्द्रहरूमा बढुवाकोलागि प्रहरीले
धाउन थालिसकेका
छन् ।
खासगरी डिआईजी र एसएसपी बढुवामा ठूलो रस्साकस्सी छ ।
कात्तिक १७गते – पछि रिक्त हुने ८ डीआईजीका लागि ३ ब्याचका एसएसपीहरुबीच प्रतिस्पर्धा हुने छन् ।

२०५१ चैत ५ मा प्रहरी निरीक्षकमा भर्ना
भएका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरका ब्याचीहरु
ध्रुवराज राउत, भोलाबहादुर रावल र
गणेश चन्द डीआईजी बढुवाको प्रतिस्पर्धामा
छन् ।
उनीहरु डीआईजीमा बढुवा भए पनि अहिलेकै व्यवस्था अनुसार आउँदो चैत ५ गते मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएका छन् ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको प्रहरी निरीक्षकमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएको ब्याच र
२०५४ मा नेपाल प्रहरीकै इन्सपेक्टरमा भर्ना
भएको ब्याचका अधिकृतहरु डीआईजी बढुवाको प्रतिस्पर्धामा
छन् ।
२०५३ को टोलीबाट सिद्धिबिक्रम शाह,
सुशीलसिंह राठौर,
उमाप्रसाद चर्तुवेदी,
हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना
डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।
२०५४ को ब्याचबाट
ईश्वर कार्की,
राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य,
अरुण पौडेल र
गोविन्द थपलिया, डीआईजीको प्रतिस्पर्धामा छन् ।
त्यसैगरी माधवप्रसाद श्रेष्ठ,
दीपेन्द्र घर्ती क्षेत्री,
दीपक रेग्मी,
दिलिपसिंह देउवा,
बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला,
दीपककुमार बस्नेत,
जयराम सापकोटा,
सुरेन्द्रबहादुर गुरुङ,
सञ्जय शर्मा दास,
शारदाप्रसाद चौधरी पनि
डीआईजी बढुवाको प्रतिस्पर्धामा रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles