
डा. अतुलेस कुमार चौरसिया, जो छाला तथा यौन रोग विशेषज्ञ र कस्मेटिक सर्जनको रुपमा परिचित हुनुहुन्छ, उहाँको क्लिनिक वीरगन्जको बिर्तास्थित सिगरेट फ्याक्ट्री रोडमा विधिवत रूपमा उद्घाटन भएको छ।
उक्त उद्घाटन कार्यक्रममा विभिन्न स्वास्थ्यकर्मी, स्थानीय व्यक्तित्वहरू तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
डा. चौरसियाले यो क्लिनिकको उद्देश्य वीरगन्ज र आसपासका क्षेत्रमा छाला र यौनसम्बन्धी समस्या भएका बिरामीहरूलाई
उच्च स्तरको सेवा प्रदान भइरहेको बताउनुभएका छन् ।
उहाँको क्लिनिकमा अत्याधुनिक प्रविधि र अनुभवी टोलीद्वारा रोगको निदान, उपचार तथा कस्मेटिक सर्जरीसम्बन्धी विभिन्न सेवाहरू उपलब्ध रहेको डाक्टर चाैरसियाले
बताएका छन् ।


