प्रहरीले रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बागलुङ वरेङ गाउँपालिका -३ घर भई काठमाडौं स्वयम्भू बस्ने
४५ वर्षीय तारा थापा
रहेका छन्।
उनलाई प्रहरी वृत्त महाराजगंज र प्रहरी
प्रभाग गोंगबुबाट खटिएको टोलीले मंगलबार
काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ
गरेको हो।
उनको साथबाट वन्यजन्तु रेड पाण्डाको २ वटा छालासहित पक्राउ
गरेको प्रहरीले
जनाएका छन् ।
यस घटनामा प्रहरीले थप अनुसन्धान
गरिरहेको बताइएको छ ।