
सशस्त्रका प्रहरीका आईजीपी राजु अर्यालको निर्देशन –
कुनै प्रभावमा नपरी जनसेवामा खटिनू निर्देशन दिएको छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कुनै प्रभावमा नपरी जनसेवामा खटिन नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरूलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक १६औँ समूहको आधारभूत तालिम सम्पन्न गरेका अधिकृतको दीक्षान्त समारोहमा आज
उनले सो निर्देशन दिएका हुन् ।
उनले राज्य, सङ्गठन र
आम नागरिकको आशा र अपेक्षालाई पूरा गर्ने ढङ्गबाट कार्यसम्पादन गर्न कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिएको हो ।
त्यस अवसरमा आधारभूत तालिम सम्पन्न गरेका
१६ औँ समूहका ४५ अधिकृत दीक्षित भएका
छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा
मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण
प्रतिष्ठानमा आज
आयोजित विशेष
समारोहमा तीन
महिला र ४२ पुरुष प्रशिक्षार्थी दीक्षित भएका छन् ।