
पर्सा क्षेत्र न. १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवद्वारा मुस्लिम समुदायको लागि नवनिर्मित विवाह भवन उद्घाटन गरेको छन् ।
खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो संसदीय क्षेत्र अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा न. १४, बहुअरीमा मुस्लिम समुदायको लागि
नवनिर्मित विवाह भवनको उद्घाटन गरेको हो ।
यस भवन निर्माणमा संसदीय पूर्वाधार विकास कोष र वीरगञ्ज महानगरपालिकाको सहकार्य रहेका छन् ।
उक्त उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका
प्रमुख राजेश मान सिंह, जसपा नेता तथा पूर्व प्रदेश सांसद जनत अंसारी, जिल्ला समन्वय समितिका पूर्व प्रमुख नेक महम्मद अंसारी, र मधेश प्रदेश सरकारका ऊर्जा,
सिँचाइ तथा खानेपानी सचिव जाकिर अहमद अंसारी, र
वीरगञ्ज महानगरका अध्यक्ष ईश्वर चन्द्र यादव,
तथा वडा नम्बर १४ का
अध्यक्ष महबूब एलाही र जसपा १४ का इकाई
अध्यक्ष रफिक अंसारीसहितको
विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मन्त्री यादवले यस विवाह भवनले मुस्लिम समुदायका सांस्कृतिक, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको यस् कार्यक्रममा मन्त्री यादवले बताउनु भएको छ ।