Monday, October 20, 2025

देउसी-भैलो खेलिरहेको अवस्थामा बसले दियो ठक्करः

ताजा / भरखरै प्राप्त

आर्घाखाँचीमा बसको ठक्करबाट दुई जनाको मृत्यु, १८ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको संख्‍या दुई पुगेको छ। दुर्घटनामा १८ घाइते भएका छन्।वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो। एकको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकमध्ये एकको परिचय खुलेको छ। अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा तारा श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles