Sunday, October 19, 2025

सुर्खेतमा प्रहरीकै अगाडी सिट क्षमताभन्दा दोब्बर यात्रु ;

ताजा / भरखरै प्राप्त

गोविन्द केसी

सुर्खेत बसपार्कबाट छुटेका गाडीहरू हुन् या नेपालगन्ज, दैलेखबाट सुर्खेत आएका हुन्। हिजोआज सबै गाडीहरूले सिट क्षमताभन्दा धन्दा दोब्बर यात्रुहरू प्रहरीको अगाडीबाट चढाएर लैजाने गरेको पाईएको हो ।
हिजोआज सुर्खेत बसपार्कबाट गाडीहरूको समय तोकेर गाडी छुटाउने गर्दछन्। आलोपालो गरेर छुट्ने गाडीहरूमा दोब्बर जसो यात्रु प्रहरीकै अगाडीबाट लैजाने गरेको पाईएको हो।
तिहारको मौका छोपेर यातायात व्यवसायीहरूले अतिरिक्त सिटहरू राखेर क्षमताभन्दा दोब्बर जसो यात्रु प्रहरीकै रोहवरमा हाल्ने गरेका हुन् ।
बसपार्क गेटमा प्रहरी भ्यानसहित खटिएका नेपाल प्रहरी, ट्राफिक प्रहरीकै अगाडी सिट क्षमताभन्दा बढी यात्रु हाल्दा समेत रमिते बनेको पाईएको छ ।
चार्ड पर्वको मौकामा यात्रुहरूलाई दुःख दिने नियतले क्षमताभन्दा दोब्बर जसो हालेर दुःख दिएको यात्रुहरूले गुनासो
गरेका छन्।
दुर्गमतिर जाने कम गाडीमा कहिलेकाहीँ यात्रु बढी हालेर चढाउनु स्वाभाविक जसो भए पनि नेपालगन्ज जाने पर्याप्त गाडीहरू हुँदा ९ सिटे सानो ईभी गाडीमा १६ जना यात्रु हाल्ने गरेको पाईएको छ ।
त्यस्तै १६ जनासम्म अटाउने फोर्स गाडीमा २७ जना भन्दा बढी हालेर चलाउने गरेका छन् । चाडपर्वमा यात्रुलाई दुःख दिने नियतले व्यवसायीलाई प्रहरीले समेत कारबाही गदैनन्।
हिजोआज सामान्य गाडी ईन्ट्रि बाहेक प्रहरीले चेकजाँच समेत नगरेको यात्रुले गुनासो गरेका छन्। सेटिङमै व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु राख्ने गरेको श्रोतले जानकारी दिएको छ ।
दैलेख ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी सिट राख्ने गाडीलाई कारबाही गरे पनि अन्य ट्राफिक प्रहरीले खुलेआम चल्न दिएको पाईएको छ । सुर्खेत बसपार्कमै पनि चेकजाँच नगर्दा त्यस्ता गाडीहरू खुलेआम यात्रुलाई दुःख दिएर चल्ने गरेका छन् ।
आफूखुसी नयाँ सिट ल्याएर जोड्ने गाडीहरू बसपार्कमै आउजाउ गरे पनि प्रहरीको साट
गाठमै चल्ने गरेका कारण आफूहरूले यात्रामा दुःख पाउने गरेको यात्रु दिनेश बस्नेतले बताएका छन्   ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles