दसैं र तिहारको समयमा झापामा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । चार्ड पर्वको एक महिनाको अवधिमा झापामा एक सय ६० वटा सडक दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटाहरीले जनाएको छ ।
असोज १७ गते दसैंको घटस्थापनादेखि कात्तिक १८ गते तिहारको भाइटीकासम्ममा झापामा २ सय २८ वटा सवारी साधन दुर्घटनामा परेका छन ।
ट्राफिक व्यवस्थापन कार्यालय इटाहरीका अनुसार उक्त अवधीमा कोशी प्रदेशमा ५ सय ८२ वटा सडक दुर्घटनामा परी ३४ जनाको मृत्यु
भएको छ ।
कोशी प्रदेशका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेशमा सबैभन्दा धेरै झापामा १२ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मोरङमा ७, सुनसरीमा ६, उदयपुर, संखुवासभा र खोटाङमा २÷२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा १÷१ जनाको मृत्यु भएको छ ।
तेह्रथुम, इलाम, पाँचथर, भोजपुर र ओखलढुंगामा दुर्घटना भएपनि मानवीय क्षति भएन ।
चाडपर्वको अवधिमा प्रदेशभरि दुर्घटनामा परेर ८० जना गम्भीर र ९६१ जना सामान्य घाइते भएको प्रदेशका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा २ वटा चौपायाको मृत्यु भएको छ भने एउटा चाैपाया
घाइते भएको छ ।