जिल्ला सर्लाही
सर्लाहीको पोखरीमा कार खसेर डुबेका दुईजना पुरुष मृत भेटिएका छन् ।
तिब्र गतिका कारण पोखरीमा खसेर डुबेको कारबाट उनीहरुको शव निकालिएको हो ।
गौशाला नगरपालिका–१० का अन्दाजी ३७ वर्षीय कार चालक सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव निकालिएको सर्लाही प्रहरीले
जनाएका छन् ।
सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव पेला पारेका हुन् ।ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो ।
पोखरीमा डुबेको कारलाई पनि निकाल्ने प्रयास भइरहेको बताइएको छ ।