Monday, October 20, 2025

तिहार सकिएसँगै,महापर्व छठको तयारी सुरु ;

ताजा / भरखरै प्राप्त

नेपालीको दोस्रो ठूलो
चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लाहरुमा छठ पर्वको तयारी सुरु भएको छ ।पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठघाट निर्माणको काम थालिएको छ ।
गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठघाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ ।
यस क्षेत्रमा ६७५ वटा पूजास्थल निर्माण सुरु गरिएको गुह्येश्वरी
गौरीघाट छठ पूजा समितिले जनाएको छ ।
तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ ।
समितिले एउटा छठघाट पूजाका लागि एक हजार एक सय शुल्क लिने गरेको छ ।
छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको हो ।विगत वर्षमा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ
पूजा समितिलाई ६ लाख सहयोग गर्ने गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वाचा गरेको समितिले जनाएको छ ।
यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन
छठघाट निर्माण भइरहेको छ ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ ।
छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ ।
छठ व्रत बसेर छठघाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी
खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles