
खानेपानी मन्त्री प्रदीप यादवद्वारा पर्साका वीरगञ्जमा महा छठपर्वको तयारी गरेको निरीक्षण गरेको छन् ,
छठपर्व भव्य रूपमा सम्पन्न गर्न निर्देशन
दिएको छन् ।
पर्सा क्षेत्र नम्बर १ का सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले नेपालीहरूको महान् पर्व बडादसैँ, तिहार र महापर्व छठको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी
भई समाजमा शान्ति, समृद्धि, आपसी सद्भाव र भाइचाराको भावना प्रगाढ होस् भन्ने कामना
गरेका छन् ।
जसपा वीरगञ्ज एकाइ कमिटीद्वारा नेता प्रद्युम्न प्रसाद यादवको निवासमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहसहित जसपाका सम्पूर्ण कार्यकर्ता, स्थानीय
नेता र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा मन्त्री यादवले छठ पर्वको तयारीलाई लिएर
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गर्दै सरसफाइ र सौन्दर्यीकरणमा कुनै
कमी हुन नदिन निर्देशन दिएका छन् ।
अधुरो निर्माण कार्य शीघ्र सम्पन्न गरी सर्वसाधारणका लागि सुरक्षित वातावरण उपलब्ध गराउन र छठ
पर्व भव्य रूपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
मन्त्री यादवले छठलाई हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतीक भएको भन्दै यसलाई सफल बनाउन सबै एकजुट
हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।