Sunday, October 19, 2025

सर्लाहीमा पेस्तोल र नक्कली नोट सहित दुई जना पक्राउ ;

ताजा / भरखरै प्राप्त

सर्लाहीको गडैता बजारबाट प्रहरीले पेस्तोल र नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेका छन् ।

सर्लाहीको गोडैता नगरपालिका-१२ बाट नलकटुवा पेस्तोल १ थान, सोही पेस्तोलमा प्रयोग हुने ६ राउण्ड गोलीसहित, र एकहजार दरको २० थान नक्कली जस्तो देखिने नोट र सानो पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली सहित २ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार सितामढी मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाउँ बस्ने २६ वर्षीय कुन्नु पटेल र
३० वर्षीय मुकेश पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालको मधुवनीगाउँतर्फ आउँदै गरेका उनीहरूलाई उक्त हतियार र नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा सर्लाही प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles