मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानमा करेन्ट लागेर एक सैनिकको मृत्यु भएको छ ।
सडक निर्माण कार्यदल सिस्नेरी बेसक्याम्पमा कार्यरत डडेलधुरा गन्यापधुरा गाउँपालिका–१ घर भएका लेसनायक २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला
प्रहरी कार्यालय मकवानपुरले
जनाएको छ ।
बिहीबार बेसक्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन लाइनको तारमा पाइपले छुँदा दियाललाई करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
दियालको शव पोष्टपार्टमको लागि
शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा पठाइएको छ ।
करेन्ट लागेर बेस क्याम्पमै कार्यरत डडेलधुरा अमरगढी नगरपालिका–२ घर भएका लेसनायक २९ वर्षीय विनोद केसी, पाल्पाको रामपुर नगरपालिका–६ घर
भएका सिपाही २१ वर्षीय युवराज कुमाल घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपाली सेनाको अस्पताल छाउनी पठाइएको
डीएसपी अर्यालले बताएका छन् । उनकाअनुसार केसी र कुमालको स्वास्थ्य
अवस्था मध्यम
रहेको छ ।


