Sunday, October 26, 2025

लुटपाटआरोपमा प्रहरीसहित दुई पक्राउ ;

ताजा / भरखरै प्राप्त

लुटपाटको आरोपमा
प्रहरी सहायक निरीक्षक (असई)सहित दुई प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको एक
अधिकृतले बताए ।
उनीहरुले कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो छालाको पैसा लुटपाट गरेको आरोप लागेको छ । उनीहरू अपराध अनुसन्धान कार्यालयअन्तर्गत प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत थिए ।
उनीहरुले छालाको पैसा लुट्नका लागि सुरुमा किन्ने भनेर मोलमोलाइ गरेको र पछि रकम नदिई छालाको पैसा लगेको आरोप लागेको छ ।
छालाको पैसा ल्याउने युवक र अर्का एक बिचौलिया भने अहिले फरार रहेको प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles