Tuesday, October 21, 2025

नक्कली खोटा नोटसहित एक जना मानिस पक्राउ ;

ताजा / भरखरै प्राप्त

नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ
गरेको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार
गर्ने सोहिल शाक्यलाई प्रहरीले पक्राउ
गरेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबारसमेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा
कात्तिक २० गते- ब्यूरोको प्रहरी टोलीले भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा
नम्बर ८ सिपाडोल स्थित सोहिल शाक्य’लाई पक्राउ गरेको प्रहरीले जनाएका छन् ।
नेपाल राष्ट्र बैंकबाट
जारी गर्दा उल्लेख हुने विवरणसमेत भएको नेपाल राष्ट्र बैंकले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनाधिकृतरुपमा नेपाली नोट १००० र
५०० दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली
नोट फेला पारी रितपुर्वक बरामद गरिएको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles