Tuesday, October 21, 2025

पर्सा प्रहरीले ११ हजार ५ सय गाँजाका बिरुवानष्ट गरेका छन् ;

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले ११ हजार ५ सय गाँजाका बिरुवा नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, एकटाँगा
र बडनियारका प्रहरी
वरिष्ठ नायब निरीक्षकहरूको कमाण्डमा खटिएको २८ जनाको संयुक्त प्रहरी टोलीले पर्सा जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाईएको गाँजाका बिरुवा फडानी गरी नष्ट गरेको छन् ।

प्रहरी टोलीले सखुवा प्रसौनी गाउँपालिका–१ खजुरिया, सखबनियार, सथलव, पर्सागढी नगरपालिका–३
झबराहा, र जगरनाथपुर गाउँपालिका–४ सुहपुर लगायतका क्षेत्रमा फैलिएको अन्दाजी ३२ कठ्ठा जमिनमा
रोपिएको करिब ११ हजार ५ सय गाँजाका बिरुवा नष्ट गरेको पर्सा प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिएका छन् ।

यस कदमले पर्सा जिल्लामा अवैध लागु औषधको खेती नियन्त्रणमा सघाउ पुर्याउने विश्वास लिइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles